काठमाडौं- नेपाली कांग्रेसा सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालै माग पुरा गर्न आग्रह गरेका छन्।
सांसद थापाले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै डा केसीको माग पुरा गर्दै जीवन रक्षा गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले डा केसीको अनसनलाई बेवास्ता गरेको भन्दै सांसद थापाले प्रधानमन्त्रीलाई डा केसीको माग व्यक्तिगत नभई नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि भएको स्मरण गराएका छन्।
‘डा।गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि१ यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो।सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको @PM_Nepal लाई डा केसीको अनशनको बारेमा चिच्याएर भनौँ, 'डा केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर!’ सांसद थापाको ट्विटमा लेखिएको छ।
