काठमाडौं- चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति नेपाल चिकित्सक संघको जुनियर डक्टर्स कमिटीले ध्यानाकर्षण गरेको छ।
कमिटीका प्रवक्ता डा सन्तोष उपाध्यायले विज्ञप्तिमार्फत् केसीको बिग्रँदै गइरहेको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गरेका हुन्।
स्वास्थ्य क्षेत्र चिकित्सक र चिकित्सकीय शिक्षामा भइरहेको वेथिति र सुधारका लागि डा केसी १७औं पटकको अनसन डडेलधुरामा बसिरहेका छन्।
नेपाल सरकार र सरोकारवाला निकायलाई डा केसीसँग छलफरी गरी मागको तत्काल सम्बोधन गर्न किमिटीको विज्ञप्तिमा उल्लेख छ।
तत्काल माग सम्बोधन नगरिए केसीको जीवनरक्षाको निम्ति कडा कदम चाल्ने चेतावनी समेत कमिटीले दिएको छ।