काठमाडौं– नेपाल एसोसियसन अफ मेडिकल ल्याब्रोटरी साइन्सेस् (नामल्स)मा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिवार काठमाडौंमा सम्पन्न नवौं साधारण सभाले केपी सिंहको अध्यक्षतामा निर्विरोध २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्षमा निर्वाचित सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक पनि हुन् । उपाध्यक्ष डा महेन्द्र भट्ट, पुष्पराज खनाल, अरुण बज्र बज्राचार्य, नुमाया गुरुङ, गोविन्द अकेला, सुरेन्द्र मधुप र सन्तोष सुवेदी नियुक्त भएका छन्।
महासचिवमा राजेश गुप्ता र राकेश पोखरेल, सचिवमा कमल श्रेष्ठ, कोषाध्यक्षमा रुसिला चित्रकार चयन भएका छन्।
यसैगरी सदस्यहरुमा प्रमोद कुमार यादव, दिपेश ताम्राकार, केशव आचार्य, सन्तोष साह, नवीन आचार्य, धीरेन्द्र यादव, शैलेश यादव, सुरेन्द्र कोजु, सोमकान्त खनाल, मनोज मेहेता, रोशन पन्डित, शत्रुध्न गुप्ता, ज्योत्सना शाक्य, विमलेश झा, रेनु शाक्य, लक्ष्मण पोखरेल, दीपेन्द्र मण्डल लिलाम्बर झा र शंकर शाही निर्वाचित भएका छन्।