काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सक शिक्षा तथा स्वास्थ्य सेवाका अभियान्ता डा गोविन्द केसीको माग पुरा गर्न सरकारसँग माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै डा केसीको जीवन रक्षा गर्न वार्ता गरी समस्याको समाधानमा पहल गर्न माग गरेको हो।
सरकारले डा केसी र संघसँग विगतमा गरेका सम्झौता सम्झाउँदै संघले ती सम्झौता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको पनि जनाएको छ।
‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पु¥याई, सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आएका डा केसी र नेपाल चिकित्सक संघबीच बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
