काठमाडौँ–एसोसिएसन अफ क्लीनिकल प्याथोलोजिस्टले आज प्रभातफेरीको आयोजना गर्दै विश्व प्याथोलोजी दिवस मनाएको छ।
७ बजेबाट सुरु भएको प्रभातफेरी ललितपूरको लबिम मलबाट पाटनको कृष्ण मन्दिरमा गएर टुँगिएको थियो।

प्रभातफेरीमा ५८ जना प्याथोलोजिस्टहरुको सहभागिता थियो। प्रभातफेरीको नेतृत्व वरिष्ठ प्याथोलोजिस्ट प्राडा हरि गोविन्द श्रेष्ठले गरेका थिए।

एसोसिएसनकी उपाध्यक्ष डा रुणा झाले प्याथोलोजी दिवसको अवसर पारेर एसोसिएसनले यही शनिबार गैरीधारामा गाइनोकोलोजिकल प्याथोलोजीको सिएमइ कार्यक्रम आयोजना गर्ने बताएकी छिन्। उक्त कार्यक्रममा देश तथा विदेशबाट विशेषज्ञ प्याथोलोजिस्टहरुको सहभागिता रहनेछ।
