काठमाडाैँ- राष्ट्रिय चिकित्सा शिक्षा आयोगका लागि चारजना निर्देशक सिफारिस भएका छन्।
आयाेगका स्राेतका अनुसार वरिष्ठ कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मा, डा रमेश आचार्य , डा आरती शाह र डा शंगरत्न बज्राचार्यको नाम सिफारिस गरिएको हाे।
राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झाको नेतृत्वमा बनेको तीनसदस्यीय निर्देशक सिफारिस समितिले २६ जना आवेदकबाट ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको थियाे।
आयोगमा चारजना निर्देशक रहने कानुनी व्यवस्था भएकाले समितिले चारजनाको नाम सिफारिस गरेको हो।