काठमाडौँ– नेपाल क्लीनिकल प्याथोलोजिस्ट संघले एक दिने गाइनोप्याथोलोजी सम्बन्धी सिएमइ कार्यक्रमको आयोजना गरेको छ।
शनिबार राजधानीमा भएको उक्त कार्यक्रममा साउथ कोरिया, भारत, नेपाल लगायतका देशबाट १३० जना सहभागीहरु थिए।
यो सिएमइ कार्यक्रमले प्रजनन् स्वास्थ्य बारे चिकित्सकहरु माझ क्षमता अभिवृद्धिको लागि मद्दत पु¥याउने आयोजक बताउँछ। कार्यक्रममा पाठेघरको क्यान्सर,
पाठेघरको मुखको क्यान्सर, अण्डकोसको क्यान्सर इत्यादि सेवालाई गुणस्तरी प्रभावकारी र सहज रुपमा रोग छुट्याउने काम कसरी गर्न सकिन्छ भन्नेमा छलफल भएको थियो।
प्याथोलोजी बिषयमा सेवा, शिक्षा, तालिम, अनुसन्धान सबै पक्षको ज्ञान र अनुभव आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संघकी कोषाध्यक्ष डा करिश्मा मल्ल वैद्यले जानकारी गराइन्।