काठमाडौँ–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विज्ञापन खारेज गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
विज्ञप्ती मार्फत युनियनले विभिन्न मागहरु सहित बिना प्रतिस्पर्धाबाट छनोट हुनेगरि नियितवस प्रकाशित गरिएको र सो खारेज गर्न ५ दिनको अल्टिमेटम दिँदा पनि उक्त अवधिभर क्याम्पस प्रकाशनबाट कुनै पनि सकरात्मक पहल नभएको बताएको छ।
आफ्ना मागका सुनुवाइ नभएकाले युनियनले आफ्नो आन्दोलनको कार्यक्रम अगाडी बढाउने विज्ञप्ती मार्फत जनाएको छ।
शिक्षण सहायकको आवश्यकताको विज्ञापन रद्ध गरिनुपर्ने, शिक्षकहरुको छनोटमा प्रतिस्पर्धा तथा पारदर्शिता हुनुपर्ने, स्नात्तकोत्तर अध्ययन अध्यापन सुरुवातको लागि तत्काल पहल गरिनुपर्ने लगायतका ७ बुँदे माग प्रस्तुत गरेको छ।
युनियनले माग पूरा नभएसम्म क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने निर्णय गरेको बताउँदै चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।