धादिङ– जिल्लामा मनोसामाजिक समस्या बिषयमा अभिमुखिकारण तालिम सम्पन्न भएको छ।
धार्दिङको थाक्रे गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतलाई मनोसामाजिक समस्याका बिषयमा एक दिने अभिमुखिकरण तालिम दिइएको हो।
मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालको प्राविधिक सहयोग र थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त तालिमको सहजिकरण मनोबिद गोपाल ढकालले गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको पहलमा दस बर्ष भन्दा लामो समयदेखी सडकमा बस्दै आएका जनक नामका एक मनोरोगिको उद्दार गरिएको थियो । हाल उनलाई मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा राखिएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले आफ्नो ठाउँलाई सडक मानव मुक्त बनाउने बताए।
उपाध्यक्ष अम्बिका रुपाखेतीले जनकलाई उद्दार गरेकोमा खुसी व्यक्त गरिन्।