काठमाडौं : कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बिहीबार सम्झौतापत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरे। यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका सम्पूर्ण ग्राहकले उपचार खर्चमा आकर्षक छुट सुविधा पाउने छन्।
अस्पतालका प्रबन्ध निर्देशक रिजालले भने,हामीले उहाँहरूलाई अस्पतालमा पाइने सेवामा विशेष छुट प्रदान गर्नेछौँ त्यसका लागि कार्ड अनिवार्य लिएर आउनुपर्नेछ।