वीरगञ्ज- अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशाससनले आक्रमण प्रयास गरेको छ। कलेज प्रशासनले विद्यार्थीहरुलाई होस्टल प्रवेशमा समेत रोक लगाएको छ।
सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन्। बिहिबार साँझ कलेज प्रशासनले आफू निकटका विद्यार्थी र बाहिरका व्यक्ति बोलाएर विद्यार्थीमाथि धम्की दिने र आक्रमण प्रयास गरेको आन्दोलनरत एक विद्यार्थीले जानकारी दिए।
उनका अनुसार कलेजको होस्टलमा बस्ने विद्यार्थीलाई समेत भित्र प्रवेशमा समेत रोक लगाइएको छ।