काठमाडौं- कलेजो प्रत्यारोपणका विषयमा चेतना फैलाउन त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण मिनिम्याराथन आयाेजना गरेकाे छ।
मिनिम्याराथनमा प्रतियाेगीहरुले शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्म १२ किलोमिटरको रुट पार गरेका थिए। महिला प्रतियाेगीतर्फ भने ५ किलोमिटरको दुरी राखिएको थियो।
प्रतियोगितामा पुरुषतर्फ डा. समीर चौधरी प्रथम, डा. रमेशसिंह भण्डारी द्वितीय र डा. अजय केसी तृतीय भएका छन् भने महिलातर्फ डा. निकिता गुरुङ प्रथम, डा. अलिजा हमाल द्वितीय र डा. प्राथना बज्राचार्य तृतीय भएका छन्।
त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आयोजनामा भएकाे उक्त म्याराथनमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुले भाग लिएका थिए।