सिरहा- सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ। आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सम्मेलनकाे आयाेजना गरिएकाे हाे।
आँखाको उपचारमा सहज उपचारविधि अपनाउनका लागि गरिएकाे सम्मेलनमा बेलायत, युगाण्डालगायतका देशका विशेषज्ञहरुकाे पनि उपस्थित थिए।
नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थीलगायत आँखा उपचारमा संलग्न विषय विशेषज्ञको सम्मेलनमा उपस्थिति रहेको थियाे।
अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको बिरामहरु उपचारका लागि आउने गरेकाे अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।