नेपाल चिकित्सक संघ अन्तर्गतकाे जुनियर डाक्टर कमिटीले विजप्ती सार्वजनिक गरी नेशनल मेडिकल कलेजका विद्यार्थीहलाई कलेज प्रशासनबाट परिचालित व्यक्तिहरुले आक्रमण गरेको समाचार प्रति हाम्रो गम्भीर ध्यानाआकर्षण भएको जनाएकाे छ।
मेडिकल कलेजमा अध्यनरत विद्यार्थीहरु माथि कलेज प्रसाशनले नै आक्रमण गर्न लगाउनु जस्तो कायर पूर्ण कार्यको जति भत्सर्ना गरे पनि कम हुने विज्ञप्तीमा बताइएकाे छ।
कमिटिले शान्तिपूर्ण आन्दाेलन गरिरहेका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुको मागलाई यथाशिघ्र हल गर्न कलेज प्रशासन र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गरेकाे छ।
सरोकरवालाले उचित कदम नचाले कड़ा कदम चाल्न बाध्य हुने कमिटिले विज्ञप्ती मार्फ़त जानकारी गराएकाे छ।