काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलाइसिसका लागि आज आइतबार ग्रान्डी अस्पताल लगिएकाे छ।
ओलीका निजी चिकित्सक दिव्यासिंह शाहले दिउँसाे ३-४ बजे नियमित डायलाइसिसका लागि अस्पताल लगिएको जानकारी गराइन्।
ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएकाे हाे। आज प्रधानमन्त्री ओलीको चौथो पटक डायलाइसिस हुँदैछ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।