चितवन- सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा चितवनमा विद्यार्थीहरुले विशाल विरोध र्याली गरेका छन्।
चिकित्सा शिक्षा संघर्ष समितिको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध र्याली लायन्स चोक, सहिद चोक हुँदै पुल्चोक पुगेर पुनः सहिद चोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस हुँदै चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो।
यसपटकको विरोध कार्यक्रममा यस क्षेत्रका प्रेरणा कलेज, एनपिआइ कलेज लगायतका अन्य कलेज र विद्यालयका विद्यार्थी तथा अभिभावकहरु समेत सहभागी थिए। ‘मेडिकल माफिया विरुद्ध’ गरिएको भनिएको विरोध कार्यक्रममा ऐक्यवद्धता जनाइ सहभागीता जनाइदिन शनिबारदेखि नै यस क्षेत्रमा माइकिङ गरिएको थियो।












.jpg)
.jpg)