सप्तरी- सतौन स्मृति ट्रस्ट काठमाडौ र नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिकाे प्राविधिक सहयोगमा १ दिने नि:शुल्क क्यान्सर शिविर सम्पन भएको छ।
सुरुङ्गा नगरपालिका वडा नं ६ कडरबोना प्राथमिक स्वास्थ केन्द्र कडरबोनामा सतौन स्मृति ट्रस्टका अध्यक्ष तथा सप्तरी क्षेत्र न: ४ का प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले उद्घाटन गरी शिविर सञ्चालन गरेका थिए।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटलकी निर्देशक डा.स्वरुपा श्रेष्ठले क्यानसरकाे उपचार नेपालमै सम्भव छ हुने र विदेश जानुनपर्ने र क्यान्सर जित्न सकिने विश्वास व्यक्त गरिन्।
बिहान ७ बजे सुरु भएको शिविर साँझ ५ बजे सम्पन्न भएको थियो शिविरमा ६०० जना बिरामीको परिक्षण गरिएको थियो। नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिबाट १९ जनाको डा सहितको टोलीले शिविरमा सहयाेग गरेका थिए।
सतौन स्मृतिलाई सहयोगको रुपमा सुरुङ्गा नगरपालिका,सेवा नेपाल,थारु महिला समाज सप्तरीले आदिले सहयाेग गरेका थिए।