काडमाडौं- चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ। बाथरोग विशेषज्ञ डा साकेत झाले अस्पतालमा सेवा प्रदान गर्ने छन्। डा झाले भारतको नयाँदिल्लीस्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पिजिआई बाट र्युमाटोलोजिमा डिएम गरेका हुन्।
बाथरोगका बिरामीको संख्या बढ्दै गएपछि बिरामीलाइ सहज रुपम उपचार दिन अस्पतालले विशेषज्ञ सेवा सुरु गरेको बताइएको छ। सेवा सुरु गरेको अवसरमा आगामी बिहिबार बिहान ८ देखि १० बजेसम्म र अपरान्ह २ देखि साँझ ५ बजेसम्म बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।