काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट गरेका छन्।
ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा भेट गरेका हुन्। प्रचण्डले साढे छ बजेपछि प्रधानमन्त्री ओलीसँग भेटेका हुन्।
प्रमको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ।
उनको स्वास्थ्यमा अहिले सुधार आएको निजी चिकित्सक डा दिव्या सिंह शाहले बताएकी छन्।