काठमाडौं– बिपी नेत्र प्रतिष्ठान अन्तर्गत जडिबुटीमा संचालित बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनःस्थापना सेवा सात बर्ष पुरा गरी आठौं बर्षमा प्रवेश गरेको छ।
बार्षिकोत्सवका अवसमार आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा संजिब कुमार उपाध्यायले अस्पतालको सेवाका विषयमा जानकारी दिएका छन्। उनका अनुसार अस्पतालले एक वर्षमा ९५ हजार ५ सय ५२ जनालाई बहिरंग सेवा दिएको छ भने विभिन्न सामुदायिक स्वास्थ्य सेवा मार्फत १८ हजार ४ सय २३ जनाले सेवा लिएका छन्।
अस्पतालले आँखा, कान, नाक, घाँटीको ३ हजार २ सय ९ वटा साना–ठुला शल्यक्रिया गरेको छ। शल्यक्रियामध्ये एक चौथाइ निःशुल्क गरिएको उपाध्यायले जानकारी गराए।
अस्पतालले सात बर्षको अवधिमा करिब ६ लाखलाई सेवा दिएको छ।