काठमाडौं- बाल तथा स्त्री रोग विशेषज्ञ एवं जनस्वास्थ्य विज्ञहरुको साझा संस्था पेरिनेटल सोसाइटी अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ।
डा बिनोद लाल बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। सोसाइटीको इमिडियट पास्ट प्रेसिडेन्टमा डा कुसुम लता मिश्र रहेकी छिन्।
सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा आष्मा राणा, उपाध्यक्षमा डा सुनिल राज मानन्धर, महासचिवमा डा कल्पना उपाध्याय सुवेदी, सहसचिवमा डा विकाश श्रेष्ठ, कोषाध्यक्षमा मिना शर्मा र सहकोषध्यक्षमा प्रा किरण बज्राचार्य चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा शैलेन्द्र विर कर्माचार्य, डा सुशिला श्रेष्ठ, डा रीता हमाल सिंह, डा ओम कृष्ण पाठक र तुम्ला श्रेष्ठ चयन भएका छन्।
सोसाइटीको सल्लाहकारमा डा शीला वर्मा, डा इन्दिरा सत्याल, डा धनराज अर्याल, डा ज्योतिरत्न धाक्ख्व र डा कस्तुरी मल्ल रहेका छन्।