काठमाडौं- थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेस (वर्ल्डकब)ले सफलताको शिखर अवार्ड प्रदान गरेको छ।
अवार्ड मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहबीच नर्भिकलाई प्रदान गरिएको हो।
समारोहमा नर्भिकलाई वर्ल्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरिएको छ। वर्ल्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहो¥याएको छ। नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर–सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ।
उक्त वार्डका साथै नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व नामक सम्मान समेत प्रदान गरिएको छ।
वर्ल्डकबका तर्फबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले अवार्ड र सम्मान नर्भिकका पदाधिकारीहरुलाई वितरण गरेका हुन्।
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेको प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको थियो। आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पु¥याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ।
सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो।
वर्ल्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ।
सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वर्ल्डकबको मुख्य उद्देश्य नै विश्ववयापीरुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ। विश्वका १३० भन्दा बढी राष्ट्रहरुमा दि वर्ल्डकबका ३ हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल रहेको छ।