काठमाडौं - चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्थाबारे विशेष कार्यशाला सम्पन्न भएको छ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि कार्यशाला संचालन गरिएको हो। कार्यशाला ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्राडा पुष्प प्रसाद शर्माले संचालन गरेका थिए भने उनलाई मोडरेटरको रुपमा कन्सल्ट्यान्ट साइकाइट्रिस डा रमन कोइरालाले सहयोग गरेका थिए।
कार्यशालामा विभिन्न अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सकहरुसँग मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका विधिहरुको बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
कार्यशललामा काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत दुइदर्जनभन्दा बढी जनरल प्राक्टिसनरहरु सहभागि भएका थिए।