काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजलाई रिलायन्स फाइनान्स लिमिटेडले कम्प्युटर सहयोग गरेको छ। लिमिटेडले आफ्नो संस्था १० वर्ष पार गरी ११ औं वर्ष पुगेको अवसरमा समाजलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो।
लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सहयोग हस्तान्तरण गरेका हुन्। समाजले हालसम्म २८ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।