काठमाडौं- सरकारी चिकित्सक संघ नेपालको आसन्न निर्वाचनका डा रुद्र मरासिनी लाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।े संघको नवाँै कार्यसमितिका निर्वाचन हुँदैछ।
संस्थापक महासचिव समेत रहेका डा मरासिनीलाई संघको २४ गतेको बैठकले प्रमुख निर्वाचन अधिकृत तोकेको हो।
सरकारी चिकित्सक संघको निर्वाचनको मिति भने तोकिएको छैन। संघका महासचिव डा रविन खड्काले छिटै पदाधिकारी बैठक बोलाएर निर्वाचनको मिति तोकिने बताए।
उनले भने,‘निर्वाचन मिति चाँडै निर्णय हुन्छ, माघ वा फागुनमा निर्वाचन हुने सम्भावना छ।’ नेपाल चिकित्सक संघको निर्वाचनपछि सरकारी चिकित्सक संघको निर्वाचन हुने बताइएको छ।
प्रमुख निर्वाचन आयुक्त तोकिएका डा मरासिनीले आवश्यक थप निर्वाचन अधिकृत र सहयोगी नियुक्त गर्न सक्ने संघले जनाएको छ।