काठमाडौं- चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंमा सुरु भएको छ। एक्स्पाेमा विभिन्न अस्पताल जन्य सामग्री तथा उपकरणहरु राखिएको छ।
एक्स्पोमा करिब ६हजार भन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालका नर्स,चिकित्सक,मेडिकल विद्यार्थी,फामेसिस्टहरुले अवलोक गर्ने अनुमान आयोजकले गरेका छन् ।
१५ देशका करिब २ सय भन्दाबढी स्टलमा दुई सय ५० कम्पनीका ८ सय ब्राण्डका अस्पतालजन्य सामग्री र उपकरण प्रर्दशनीमा राखिएकाे छ। एसडी प्रोम्रो मिडियाले आयोजना गरिएको एक्स्पोमा सहआयोजक इइपिसि इण्डिया र केमिकल एण्ड मेडिकल सप्लायर एसोसियसन अफ नेपाल रहेका छ।
एक्स्पोको उद्घाटन शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ। आज बाट सुरु भएको एक्स्पो तीनदिन सम्म चल्ने छ ।