काठमाडाैं- कटारी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको माग गर्दै उदयपुर प्रदेश सभा सांसद कला घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएकी छन्।
सांसद घलेसँगै कटारी अस्पताल,नागरिक समाज लगायत टोलीले अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक, सेकेण्डरी ए स्तर अनुसार ५० शैय्याको अस्पतालको बनाउन पहल गरीदिन मन्त्री ढकाल समक्ष ज्ञापन पत्र पेश गरेको हाे।
सांसद घलेले भनिन,'दिनदिनानु बिरामीको चाप बढ्दो छ। दरबन्दी अनुसार डाक्टर नहुँदा नागरिकलाई समस्या भएकाले तत्काल दरबन्दी अनुसारको डाक्टर, स्टाफ नर्स ब्यबस्था गरीदिन ज्ञापन पत्र बुझाएका हाैं।'
ज्ञापन पत्र बुझ्दै मन्त्री ढकालले कटारी अस्पतालका लागि तत्काल दरबन्दी अनुसारको डाक्टर पठाउन आश्वासन दिएको सांसद घलेले जानकारी दिइन। कटारी अस्पतालमा सिन्धुली,ओखलढुंगा,सोलुखुम्बू,खोटाङ र उदयपुरका सर्वसाधरण सेवा लिन आउने गरेका छन्।