काठमाडौं- नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि उम्मेद्धारी दिएका व्यक्तिहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।
उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका मध्य एकजनाले भने उम्मेदवारी फिर्ता लिएका छन् । सदस्य पदका लागि उम्मेदवारी दिएका मनोरदिन सैयदले उम्मेदवारी फिर्ता लिएका हुन् ।सैयदले उम्मेदवारी फिर्ता लिए ३० जना व्यक्तिले निवार्चनमा भाग लिनेछन्।
अध्यक्षमा डा लोचन कार्की र डा पुष्पमणि खराल, वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन्। महासचिवका लागि भने यसपटक चार जना चिकित्सक बिच प्रतिपस्र्धा हुने भएको छ। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि उम्मेदवारी दर्ता गराएका छन्।
संघका १६ वटा शाखा कार्यालयमा माघ ४ र ५ गते बिहान बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । भने संघको केन्द्रिय कार्यालयमा माघ १७ गतेदेखि २१ गते सम्म बिहान प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ४ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारको अन्तिम नामावली यस प्रकार छ
.jpg)
.jpg)