काठमाडौं- नेपाल प्रहरीको अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अवकाश पाएकी छन्। प्राविधिक तर्फकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापाले शुक्रबारबाट अनिवार्य अवकाश पाएकी हुन्।
उनको अवकाशसँगै नयाँ प्रमुखका लागि तीन जनाको दाबेदारी देखिएको छ।
अस्पतालको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. मीनराज पाठक, डा. आशा सिंह र डा. सुमनराज श्रेष्ठ मध्ये एकले पाउनेछन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।