काठमाडौं- नेपाल नर्सिङ संघको पुष ९ गते बुधबार हुने निवार्चनको लागि आइतबार राति १२ बजेदेखि आचारसंहिता लागु हुने भएको छ।
आइतबार निर्वाचन समितिले विज्ञप्ती निकाल्दै पुस ६ गते राति १२ बजेदेखी आचार संहिता लागु हुने जानकारी गराएको हो।
आइतावार राति देखी मतदानको कार्य समाप्त नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले सभा बोलाउन वा आयोजन गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न पूर्ण रुपमा निषेध गरेको छ।
कसैले सुचनाको विपरीत कार्य गरेमा नजलाई कानून बमोजिन पच्चीस हजार सम्म जरिमाना हुनुसक्ने चेतावनी दिएको छ । साथै, निर्वाचन समितिले मतदाताले मतदान गर्न आउँदा नर्सिङ संघको सदस्यता कार्ड अनिवार्य ल्याउनुपर्ने बताएको छ।

