गलकोट- धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको हाे। ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएकाे छ।
मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए।अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो। प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पतालकाेे आवश्यकता पुरा हुने बताइएकाे छ।
अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ। सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरलले जानकारी दिए।
स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन।
अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माका अनुसार उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा÷कोठामा पु¥याइएको छ।
अस्पतालका अनुसार रु ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र रु ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ। अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन्।
‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो। अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ। अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ।
‘रेफर सेन्टर’को रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ। अस्पतालमा यही आर्थिक वर्षदेखि ‘हाई केयर युनिट’ समेत स्थापना गर्न लागेको जनाएको छ। प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले रु ५० लाख बजेट विनियोजन गरेका छन्। गर्नुभएको छ। रासस