गलकोट- गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत आँखा शिविर हुने भएकाे छ। न्यू नवज्योति युवा कल्वको आयोजना, सिर्जनसिल महिला समुह आँगाखेत, चिसापानी आमा समुह बामिया र गलकोट नगरपालिका वडा नं ७ को समन्वयमा पुस १५ र १६ गते उक्त शिविर सञ्चालन हुन लागेको हो ।
न्यू नवज्योति युवा क्लवका महासचिव रुद्र केसीले ग्रामिण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर गर्न लागिएको जानकारी दिए । मल्म स्वास्थ्य चौकी आँगाखेतमा सञ्चालन हुने आँखा शिविरमा नाम दर्ताको लागि रु २ सय लाग्नेछ अन्य सबै काम निशुल्क हुने केसीले बताए।
शिविरमा आँखा चेकजाँच,अप्रेशन, मोतिबिन्दु, जलविन्दुको निशुल्क अप्रेशन र डक्टरको सल्लाह बमोजिम आवश्यकता अनुसार निशुल्क चश्मा वितरण गरिने क्लवका महासचिव केसीले बताए । श्रीकृष्ण नेत्रालय रुपन्देही भैरहवाको प्राविधिक र आँखा रोग विशेषज्ञको उपचार गर्नेछन्।
शिविरमा आँखा रोग विशेषज्ञ डक्टर शल्मा केसी सहित झण्डै आधा दर्जन डक्टरहरु र उपकरणहरुको व्यवस्था गरिने भएको छ । कल्वले शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरि स्वास्थ्य लाभ लिन कल्वले सम्बन्धित सबैमा अपिल समेत गरेको छ।