धनगढी- धनगढीमा एकजना स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर रहेकी छिन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने ऐर आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक ऐर धनगढीस्थित निसर्ग अस्पताल र नवजीवन अस्पतालमा कार्यरत थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।