काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं विश्वविद्यालय अन्तर्गतका कलेजमा बिएससी नर्सिङ अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले केयु अन्तर्गतका कलेजका लागि ११ जनाको पूर्व मनोनयन सूची सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा ऐन अनुसार सरकारी मेडिकल कलेजले कुल विद्यार्थी कोटामध्ये ७५ प्रतिशत, स्वदेशी लगानीका निजी मेडिकल कलेजमा १० र विदेशी लगानीका मेडिकल कलेजमा २० प्रतिशत कोटा छात्रवृत्तिका लागि छुट्याउनु पर्ने व्यवस्था छ।
सोही अनुसार शिक्षा मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गर्न पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको हो।
हेरौँ सूची
