चितवन– चितवनमा हेमोफिलियाका बिरामीलाई एक दिने क्षमता निर्माण तालिम दिइएको छ।
वल्र्ड फेडेशन अफ हेमोफिलियाको सहयोगमा नेपाल हेमोफिलिया सोसाइटिले हेमोफिलिया भएका व्यक्तिको क्षमता निर्माण गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको थियो। तालिम शनिबार चितवनमा भएको हो।
कार्यक्रममा हेमोफिलिया भएका बिरामीहरुलाई हेमोफिलिया बारेमा जनकारीका साथै फ्याक्टर ८,९,११ को औषधि कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो।
उक्त तामिलमा २५ जना हेमोफिलियाका बिरामी सहभागी भएको आयोजकले जनाएको छ।
