काठमाडौं- प्रहरी अस्पतालको प्रमुखमा डा आशा सिंह नियुक्त भएकी छन्।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राई नेतृत्वको बढुवा समितिले उनलाई एआइजीमा बढुवा गर्दै अस्पताल प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको हो।
पुस १४ गते बसेको समितिको बैठकले यस्तो सिफारिस गरेको हो।
यसअघि प्राविधिक समूहतर्फ डिआइजी रहेकी डा सिंहलाई सोही समूहकै एआइजी पदमा बढुवाका लागि सिफारिस गरेको हो। अस्पतालमा एआइजी प्रमुख हुने व्यवस्था छ।
यसअघि अस्पतालको प्रमुखमा डा दुर्गा थापा थिइन्।
डा थापाले केही दिनअघि मात्रै अवकाश पाएकी थिइन्।