काठमाडौं- सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो।
प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाइँदै आइएको छ। शिक्षासचिव महेशप्रसाद दहालको संयोजकत्वमा योग दिवस कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।
सो उपसमितिले विभिन्न संघ संस्थाको समन्वयमा साप्ताहिक कार्यक्रम तय गर्नेछ। सो अवसरमा शिक्षामन्त्री पोखरेलले योग दिवसलाई एक दिनमात्र नभएर अभियानका रुपमा लैजानुपर्ने बताए। रासस