काठमाडौं- प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले एसोसिएसन गठन गरेका छन्। आज काठमाडौंमा एक कार्यक्रम गर्दै ‘प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल’ गठन गरेको औपचारिक घोषणा गरिएको हो।
प्राकृतिक चिकित्सा तथा योग अस्पताल क्षेत्र अन्तर्गत रहेका विभिन्न संस्था तथा अस्पताललाई एक पेसागत संस्था आवश्यकता भएको भन्दै एसोसिएसन गठन गरिएको जनाइएको छ।
एसोसिएसनमा सुदर्शन बस्नेतको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति रहेको छ।
एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा डा जनकबहादुर बस्नेत, उपाध्यक्षहरुमा डा दीपा पाण्डे, डा रविनलाल श्रेष्ठ, हरि सापकोटा, माहासचिव रुपेश अधिकारी र कोषाध्यक्षमा डा आनन्द गैरे रहेका छन्।
त्यस्तै सदस्यहरु डा ऋषिराज बराकोटी (क्षीतिज), डा आयुषा अधिकारी, नमिता न्यौपाने, धुव्र घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्राकृतिक चिकित्सा तथा योगलाई हेर्ने छुट्टै निकाय गठन गरी स्पष्ट कानुन, नीति, नियम, निर्देशिका तथा कार्यक्रमहरु बनाई यस क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी अघि बढ़ने एसोसिएसनका अध्यक्ष अकु सुदर्शन बस्नेतले बताए।