काठमाडौं- नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले क्यान्सर पीडित सुमित्रा आङ्दम्बेलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत आङदम्बेलाई मलेसियामा संकलन गरिएको रकम कांग्रेस नेता आङदम्बेले हस्तान्तरण गरेका हुन्। आङसराङ एकता समाज मलेसियाको पहलमा संकलन गरिएको एक लाख ३ हजार ५५८ रुपैयाँ क्यान्सर पीडित आङदम्बेलाई प्रदान गरिएको हो।
आङसाङ एकता समाज मलेशियाका संरक्षक कृष्ण आङदम्बे, सल्लाहकार लक्ष्मण आङदम्बे र एनआरएन सदस्य सन्तोष प्रकाश रिजालको सक्रियतामा क्यान्सर पीडित सुमित्राको उपचारका लागि आर्थिक सहायता संकलन भएको थियो।