काठमाडौं - नेपाल बाल शल्य चिकित्सक संघमा प्राडा रामनन्दनप्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
संघको शुक्रबार सम्पन्न चौथो साधारण सभाले डा चौधरीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
संघको उपाध्यक्षमा प्राडा रामेश्वर प्रसाद पोखरेल, महासचिवमा डा अनुपमा थापा, सहसचिवमा डा गेहराज दाहाल, कोषाध्यक्षमा डा विजय थापा र सहकोषाध्यक्षमा डा रमना राजकर्णिकार चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा डा पुष्कर पोखरेल, डा मनिष पोखरेल, डा ज्यस्मिन बज्राचार्य र डा आशिष लाल श्रेष्ठ चयन भएका छन्।
कार्यसमितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। संघका निवर्तमान अध्यक्ष डा नारायण बहादुर थापा हुन्।