काठमाडौं- काठमाडौंको चाबहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले आफ्नो नियमित नलेज सेयरिङ तथा कन्टिन्युड मेडिकल एडुकेशन (सिएमइ) सम्पन्न गरेको छ।
पोखराको लेकसाइडस्थित होटल ल्याडमार्कमा आयोजित सिएमइ कार्यक्रममा अस्पतालले प्रयोग गर्दै आएका अत्याधुनिक उपचार प्रविधि र विश्वस्तरिय उपचार पद्धतिका बारेमा चर्चा गरिएको थियो।
ॐ अस्पतालका कन्सल्ट्यान्ट ल्यापरोस्कोपिक सर्जन डा विकल घिमिरेले सर्जरीका पछिल्ला उपलब्धि तथा नयाँ आयामहरुबारे चर्चा गर्दै नेपालमा हासिल गरिएका सफल ल्यापरोस्कोपिक उपचारका कथाहरुबारे प्रस्तुति दिएका थिए।
कनसल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठले नेपालमा सघन उपचारको अवस्थाबारे जानकारी गराउँदै ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सन्ड्रोम’ एआरडिएसबारे पछिल्ला जानकारीहरु प्रस्तुत गरेका थिए।
कन्सल्ट्यान्ट इन्टरभेन्सनल रेडियोलोजिष्ट डा अजित थापाले सर्जरी सम्भव नभएका अवस्थामा क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको इन्टरभेन्सनल रेडियोलोजिको प्रभावकारी उपचार बिधी माइक्रोवेभ एब्लेशनबारे स्पष्ट पारे।
अस्पतालले आप्नो ज्ञान सिप र क्षतालाई मोफसलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाझ आदानप्रदान गर्ने उद्देश्यले आफ्नो एकेडेमिक्स एण्ड रिसर्च कार्यक्रम अन्तर्गत नियमित रुपमा यस किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वसँगै देशको चिकित्सा क्षेत्रमा ज्ञान र सिपको आदानप्रदानलाई निरन्तरता दिइएको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले बताए
कार्यक्रममा पोखरा र देशका बिभिन्न अस्पतालमा कार्यरत ६० जना भन्दा बढी चिकित्सकको उपस्थिति रहेको थियो।