काठमाडौं- नेपाल चिकित्सक संघले नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको निधन भएको विषयलाई लिएर भएको तोडफोडको विरोध गरेको छ।
संघले पुस २५ गते भएको घटनालाई लिएर हातपात गर्ने, अस्पताल तोडफोड गर्ने गतिविधिले शान्तिपूर्ण वातावरणमा उपचार गर्ने वातावरण खलल पुगेको जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्यतथ्य छानविन गरी अपराधिक क्रियाकलापमा संलग्नलाई कारवाही गर्न माग गरेको छ।
नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीपछिको उपचारका क्रममा भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएको थियो। सुत्केरीको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए।