समाचार

मन्त्रालयको दबाबमा चलाइएको एम्बुलेन्स डोटीमा दुर्घटना

धनगढी- डोटी जिल्लाको बुडरमा एम्बुलेन्स दुर्घटनामा परेको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेको एम्बुलेन्स जोरायल गाउँपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलबार साझ दुर्घटना भएको हो।

प्रहरीका अनुसार बझाङको छविस पाथिभेरा गाउँपालिकाको मटेला स्वास्थ्य चौकीको सु प प्र ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स बिरामीलाई नेपालगञ्ज पुर्‍याएर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ।

चालक मुस्किलले जोगिएपनि एम्बुलेन्स भने नराम्ररी क्षतिग्रस्त भएको छ। एम्बुलेन्सको अगाडिको भागमा क्षति भएको छ।

इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बिरामी पुर्‍याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको बताए।

बुडरबाट मर्मत लागि ल्याएको एम्बुलेन्स अहिले धनगढी बोराडाडीस्थित सिप्रदी टेड्रिङको सर्भिस सेन्टरमा मर्मतका लागि राखिएको छ।

उक्त एम्बुलेन्स बिहिबार दिउसो बुडरबाट धनगढी ल्याइएको हो।

चालकहरुले सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेको एम्बुलेन्स एक पांग्रे भएको, ब्रेक नलाग्ने, ओरालोमा अत्यन्त तातिने, पट्टावाला भएकोले उफ्रिने लगायतका समस्याहरु भएको बताएका थिए।

संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उक्त एम्बुलेन्स चलाउनु बिरामी र चालकका लागि अत्यन्त जोखिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले नचलाउने बताएका थिए। य

द्दपि सामाजिक विकास मन्त्रालयको दबाबमा चालकहरु उक्त एम्बुलेन्स चलाउन बाध्य भएका छन्।


यो पनि 

सुदूरपश्चिममा एम्बुलेन्स खरिदमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने