विश्व स्वास्थ्य

भारतमा ४ वर्षीय बालकलाई काेराेना संक्रमण

सांकेतिक तस्बिर

नयाँ दिल्ली- भारतमा ३२७ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ। शनिबारमात्रै थप ७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमितमध्ये ३०० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ। २३ जना उपचारपछि निकाे भएका छन्।

दैनिक भास्करका अनुसार एक बालकमा पनि काेराेना देखिएकाे छ। काेराेना परीक्षणमा ४ वर्षीय बालकमा नतिजा पाेजेटिभ देखिएकाे हाे। उनकाे जोरहट मेडिकल कलेज र अस्पताल ल्याबमा परीक्षण गरिएको थियो।

जोरहटकी उपायुक्त रोशनी अपरञ्जी कोरातीले बच्चाकाे पुन: नमूना परीक्षणका लागि लाहाेरस्थित आईसीएमआर ल्याबमा पठाइएको बताइन्।

काेराेनाका कारण भारतमा ४ जनाकाे ज्यान गएकाे छ।


यो पनि : 

१. कोरोना भाइरस सम्बन्धी २४ प्रश्न : के हो, के होइन? 

२. कोरोना भाइरस : ध्यान नदिइएका ११ महत्वपूर्ण विषय

३. साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ?

४. कार्यस्थललाई कोरोनाबाट सुरक्षित राख्ने ८ उपाय

५. सही तरिकाले हात कसरी धुने? [भिडियोसहित]

६. कसरी फैलन्छ कोरोना भाइरस? उच्च जोखिममा कस्ता व्यक्ति?

७. मास्कको सही प्रयोग कसरी गर्ने? प्रा डा दिनेशकुमार लम्सालको टिप्स [भिडियो]

८. लकडाउन के हो? के–के हुन्छ यस्तो अवस्थामा?

९. कोरोनासँग जोडिएका मानसिक तनाव तथा चिन्ता

१०. दन्त उपचारमा कोरोनाको जोखिम

११. क्यान्सरका बिरामीलाई कोरोनाको जोखिम कति?

१२. कोरोनाबाट गर्भवती कति असुरक्षित? ५ प्रश्न र उत्तर

१३. कोरोना भाइरसले मानिसको शरीरमा के गर्छ? कति गम्भीर, कति सामान्य?

१४. जडिबुटी कोराना भाइरसको औषधि होइन : डा वासुदेव उपाध्याय [भिडियो]

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने