जीवनशैली

आखिर कहिलेसम्म त? [कविता]

विपिना उपाध्याय 

कयौं वर्षको अथक परिश्रम पश्चात्
खुन र पसिना एक गरेर आज डाक्टर त भएँ
देश र जनताको सेवा गर्न निस्वार्थ भावले अघि बढेँ
जहाँ जन्म र मरणको अद्भूत खेलमा 
तिमी दीर्घायुको ग्यारेन्टी माग्छौं

थाहा छैन तिम्रो अबोधपना हो कि मूर्खता 
आँधिवेरी झैं गडगडाउँछौ
२-४ वटा ढुङ्गा उठाउँछौ 
कोलाहल र अशान्ति मचाउँछौ
तुच्छ वचनले डा. पेशाको उल्लङ्घन गर्छौं
ताल परे उसैमाथि जाइलाग्छौ

कठै! मेरो भाग्य कठै! मेरो लाचारपना
अरुको ज्यान बचाउने प्रण लिएको
आज स्वयं असुरक्षित महसूस गर्छुं
जटिल अवस्थाको बिरामी छुन भयभित हुन्छु
दिनहुँ डर र त्रासमा बाँच्न बाध्य भएको छु
आखिर कहिले सम्म त?? 

एउटा निर्दोष डाक्टरको अस्तित्वमा औँला ठड्याइन्छ
दिनरात केहि नभनी सेवा गर्ने उसको सपना छताछुल्ल बनाइन्छ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने