कोभिड-१९ भिडियो

कोरोना महामारी: निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप [भिडियो]

निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप प्रहरी र स्थानीयबीच झडप भएको छ।

स्थानीय तथा गुठीयारहरु भेला भएर रथलाई करिब २० फिट तानेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर हटाएको थियो। 

प्रहरीको हस्तक्षेपपछि आक्रोशित भीडले ढुंगा हानेको थियो। स्थानीयहरु तितरबितर भए पछि रथलाई प्रहरीको समूहले सुरक्षा दिएको थियो। 

सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न। ‘हाम्रो संस्कृति, परम्परामाथि हस्तक्षेप भयो, राजनीतिकरण गरियो हाम्रो संस्कृतिको,’ उनीहरुले भनेका छन्।

यसअघि गत साउन १० गते नै मच्छिन्द्रनाथलाई रथारोहण गरिएको भए पनि निषेधाज्ञाका कारण रथ तानिएको थिएन। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लैजानुपर्ने परम्परा छ। सोहीकारण स्थानीय सयौंको संख्यामा जम्मा भएर रथ तानेका हुन्।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका प्रमुख चाडपर्व नजिक आइरहेकोले कोभिड-१९को सन्दर्भमा सुरक्षित रही मनाउन स्वास्थ्यका मापदण्ड जारी गरेको थियो। 

सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने। यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटरको दूरी अनिवार्यरूपमा कायम गर्ने, चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने। 

यदि जानै पर्ने भएमा सहभागि हुँदा मास्कको प्रयोग अनिवार्य रूपले गर्नुपर्ने, चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेलगायत मापदण्ड बनाएको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने