कोभिड-१९ भिडियो

कोरोना निको भएपछि फुटबलर एरिक भन्छन् : खुसी छु

काठमाडौं– राष्ट्रिय फुटबल टिमका खेलाडी एरिक विष्ट कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार दिएको जानकारीअनुसार न्यु रोड टिम (एनआरटी) का मिडफिल्डर एरिक विष्ट कोरोना भाइरसबाट निको भएका हुन्। उनको गएको शुक्रबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

गत साउन २६ र २७ गते गरी दुई दिन खेलाडी, टिम अफिसियल, प्रशिक्षक र होस्टेल स्टाफ गरी एन्फाले कूल ५४ जनाको कोरोना भाइरस परिक्षण गरेको थियो। जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एरिक विष्टलाई भने कोरोना पोजेटिभ देखिएको थियो। कोरोना देखिएपछि एरिक १९ दिन आइसोलेसनमा बसेका थिए।

कोरोनाबाट निको भएपछि एरिकले आफू धेरै खुसी रहेको जानकारी दिएका छन्। 

भदौ १ गतेदेखि एन्फा एकेडेमी सातदोबाटोमा बन्द प्रशिक्षणमा राख्ने योजनासहित खेलाडीलाई काठमाडौं बोलाएर कोरोना परीक्षण गरिएको थियो। विश्वकपअन्तर्गत दोस्रो चरण तथा एसियन कपको छनोट खेल तालिका स्थगित भएको कारण एन्फाले बन्द प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि भन्दै स्थगित गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने