समाचार

पछिल्लो २४ घण्टामा थप १०६२ कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

यो सँगै नेपालमा  ४० हजार ६ सय ३८ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

मन्त्रालयका अनुसार आज १० हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ६१ सय हजार ७ सय ८० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार  ७ सय ७९ रहेको छ। 

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३५६२
प्रदेश २– ११०९६
बागमती प्रदेशमा –७८९२
गण्डकी प्रदेशमा –२३४५
प्रदेश ५मा –६६७७
कर्णाली प्रदेशमा –२५३१
सुदूरपश्चिम प्रदेशमा ६०३५


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने