समाचार

देशभर ७ हजार ६४० कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

मंगलबार १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमित मध्ये ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ३ हजार ९ सय  जना होम आइसोलेसनमा छन्। 

त्यस्तै, प्रदेश २ मा  १ हजार २ सय ८८, प्रदेश १ मा १ हजार १ सय १६, प्रदेश ५मा ७ सय ६४ सुदूरपश्चिम प्रदेशमा २९३, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा ९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने