काठमाडौं– गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।
कास्कीका २९, बागलुङका ३, तनहुँका ५ र गोरखाका १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कास्कीका २९ जनामध्ये ८ जना नेपाल प्रहरी र एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत रहेको रहेको जनाइएको छ। उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ।